अभागी गरिवी

परालले छाएको घर छ
हर वर्षात चुहिने डर छ
हाम्रा कति पुस्ता यहाँ जन्मे 
म पनि त यहाँ हुर्के
आंधी–बेहेरिले मन कटक्क खान्छ
जस्ताले छाउने मन छ 
तर मेरो रित्तो खल्ती 
बाऊ–बाजेको पैसा कमाउने अर्ती
र्बैंकलाई सुम्पेर घर–बारी
जान मन लागेको छ विदेश यसपली
तर म अभागी र मेरो गरिवी ।।

कहिले–काहीँ झुन्डेर मर्ने मन गर्छ 
ती लाला–बाला, मेरी बुढी आमा र 
मेरो अभागी जीवनको साथी,
मेरी श्रिमतीको याद आउछ
मनभरी दुःख बटुलेर,
म आँगनमा, पुरपुरोमा हात राखेर
जीन्दगी संग वाक्क–व्याक्क भएर
त्यो फाटेको शर्ट सिलाउने
गैरी–खेत बेची ऋण मिलाउने
म सपना देख्छु 
यो पापी पेटको भोक मेटाउनु छ 
वाल–वच्चाको जिउ ढाक्ने कपास भेट्टाउनु छ
तर म अभागी र मेरो गरिवी ।।


म संगै हुर्के बढेका, परदेशी भुमीमा छन्
उनीहरुको टिलिक्क जस्ताले छाएको घर छ
२ – ३ शालमा घर आउछन्
रंगिन जीवनको कथा सुनौछन्
भन्छन् तँ पनि विदेश जा 
दुःख छ, तै पनि पैसा कमा
वेदिशी रक्सीका स्वाद सुनाउछन्
विदेशी भाषामा खै के के गुनगुनाउछन्
विदेश जान पैसा लाग्छ
म संग फगत धितोमा हाल्न हुने गैरी खेत छ
त्यहि मेरो सम्पति
त्यसैको साहरामा चल्ने पाँच पेट छन्
मलाई आफनो शरीर को भर छैन 
मलाई मर्न डर छैन
तर म मरुला
खरानी बनेर खोलामा झरुला
के होला मेरो परिवार को?
यही प्रश्नले मेरो मन हर दिन–रात खान्छ
एक मन ले परदेश जा भन्छ, अर्कोले नजा भन्छ
म अल्मलिएको छु
जीवन संगै अल्झिएको छु 
तर म अभागी र मेरो गरिवी ।।


हर चाड–वाड संगै
मेरो गरिवी र विवस्ता बाहिर देखा पर्छ 
घरमा मासु खाने मन गर्छन्
गाँउ भरीको म खसी काट्छु
बदलामा थोरै मासु माग्छु
तर नयाँ लुगा र दक्षिणाको समस्या
समस्या मै सिमित भइ दशैं जान्छ
हर शाल बजारको सबै भन्दा सस्तो – सारीमा बेरेर
गाँउ भरिका फलेका अम्बालाई – कोसेली बनाएर
म श्रिमतीलाई माइती पठाउछु 
म टिका थाप्न ससुराली जान चाहन्छु
तर मेरो च्यातिएको शर्ट र फाटेको स्टकोटले रोक्छ
अनि समस्याको भारीले थिचिएको मनलाई भुल्यौन
गाँउमा खेलिने जुवा–ताश को दर्शक बन्छु
मलाई रक्शीमा मतिने मन छ
इच्छाहरुको पहाड चड्ने मन छ 
तर म अभागी र मेरो गरिवी ।।


शालमा दुखले ४–५ छाक भात
कहिले त ढिडो मै वर्षा बित्छ 
मेरो विवस्ता र परिस्थिति कसलाई देखाएर रुनु
रोए आँशु संसारले देख्छ
मेरी बुडी आमाको  काखमा शिर राखेर 
रोइ–रोइ मलाई आँशु सक्ने मन छ
म अत्तालिएर रोउ, बच्चा बेला जस्तै
तर आमाको पोल्टो आज खाली छ
गाँउ भरि यत्र–तत्र पाईने रंगिन टिवीमा 
रंगिन दुनिया हेरेर मेरा वच्चा साँझमा घर फर्कन्छन्
हाम्रो घरमा टिवी कहिले ल्याउने भन्छन्
हामी कहिले दुई छाक भात खाने भन्छन्
हजुर–आमाको फुटेको चस्मा कहिले ठिक गर्ने भन्छन्
आमालाई लिविस्टिक–चुरा खै भन्छन्
म मेरो परिवारको इच्छाहरु
करेसा–बारीमा आँशु बनाएर झारीदिन्छु ।।