हामी भित्रका कुराहरु

अस्तब्यस्तताको जञ्जालबाट
बाहिर निस्किएर
केही क्षण कुरा गर्नु छ तिमी संग ।
बाट्नु छ मनमा भकारी बनी
थुपृएका कुराहरू ।
निकाल्नु छ मनमा जरा बनी
बल्झिएक संकोचहरु,
दिमागका हरेक कोठाहरुलाई
ओगटी बसेका बोझहरु ।
हामी भित्र भिन्नताको
बिजारोपन गर्ने सोचहरु ।
मेटाउनु छ सबै आज
बर्सौ देखि थुपृएका बोझहरु ।।