भाग

चम्किलो चन्द्रमा मा पनि
बाक्लो दाग छ ।
के पाउने के गुमाउने
के सबै भागमा छ ?

हसिलो मुहारमा पनि
भिजेको परेली छ ।
सुखदुःख सब छ
तर के कति भागमा छ ?

उ हेर आकाशमा
बादलुको दाग छ ।
के पाउने के गुमाउने
के सबै भागमा छ ?