मेरो शहर

कहिले थकाई दिन्छ,
कहिले मायाले फकाई दिन्छ ।
तिमीलाई सबै भुलेर रम्नु छ यहा,
खुशीमा झुम्नु छ यहा ।
किनकि यो शहर हो मित्र शहर !
कहिले कहिँ मन खुशी हुन्छ ।
त्यति बेला यो शहर पनि सुखी हुन्छ ।
गाडीका चर्का हर्न पनि मिठो संगीतमा परिवर्तित हुन्छ ।
भिड बस भित्र चर्का वादविवादमा,
तिमीलाई पनि सामिल हुने मन गर्छ ।
दिन छिपिदै जान्छ अनि रात ढल्दै जान्छ ।
प्रदुसित हावाले केश हल्लाइदिदा पनि,
तिमीलाई यो शहरमा स्वोर्गको बास लाग्छ ।
यहाँको भोक,
यत्रतत्र फैलिएको शोक ।
बाहिर निस्किदै गरेको बिजोगमा,
तिमीले यो शहरलाई
यति सन्तुलित पाउछौ,
यति सुखमा डुबेको पाउछौ ।
यहाँ आकाशलाई आफ्नो घरको छानो सम्झने धेरै छन् ।
यहाँ एक मनोमा जीवन बिताउने धेरै छन् ।
यहाँ त दुख भित्र पनि सुख छ ।
आशु भित्र पनि हासो छ ।
जहाँ तिमी गंगाको पानी पिउन पाउछौ ।
शहरहरु माझ यो शहर सबै भन्दा जिउदो पाउछौ ।
के तिमीले भुल्न सकौलार यी गाली र चोकहरुलाई ?
यहाँको दोबाटो र फुटपाथहरुलाई ?
तिमीले जीवनको केहि अंश बाचेको,
कसैसँग कहिले अंगालोमा बाधिएर हासेको ।
यो सहर हिजो जस्तै थियो आज पनि त्यस्तै छ ।
मैलाएर आफुलाई फगत तिम्रैलागि हास्दै छ ।
सकी नसकी बोझ उठाउदै आज पनि बाच्दै छ ।
तर एकपटक खुशी भएर हेर ।
यो शहरको धड्कनमा रहेर हेर ।
बिहानी-पख बेसुरे काँ-काँ कराई,
तिम्रो निन्द्रा तोडीदिने कागको आवाज पनि मधुर लाग्छ ।
धर्मको संगम हो यो,
नास्तिकका मनमा पनि आस्था जाग्छ ।
निस्वार्थ छ, न केहि चाहन्छ न केहि माग्छ ।
सारा दिन मुस्कुराई रहन्छ, सारा रात जाग्छ ।
मलाई यो शहर अपूर्णतामै स्वोर्ग लाग्छ ।
मलाई यो शहर मेरो आफ्नै लाग्छ ।