मेरी आमा

घरका आगनमा,
रहर भित्राउने सपना बोकि
मेरि आमा प्रहर तोडि
मनका बिस्कुन लगाउछिन् ।
ती कम्पन भोगी हातहरु
संसारलाई आफ्नो मुठ्ठीमा पार्न
नहड्बडाई नडराई
शाहसी कदमलाई अगि सार्छिन ।
लाग्छन् पछि धेरै
चाहन्छन् डगमगाउन पाइलाहरु
सारा संसारको कोलाहललाई पछि छोडी
उनी अविरल बगिरहन्छिन
अझै अघि घिस्रि रहन्छिन ।

चैतका तिखा घामहरुलाई  चुनौती दिदै
श्रावणका बर्षा संग जुध्दै
खिइएका हाडहरुलाइ बतासले दुखाउदै
मेरी आमा हरेक रितुसंग सामना गर्छिन
के तिनी थाक्दिनन् होलिन्
मोटा डस्नामा ती थकित शरिरलाई
बिसाउन चाहन्नन होलिन्
तर उनको इच्छाको कसलाई पिर
कसलाई चिन्ता न कसैको शिर
आहात र मुर्छित सम्झनालाई
पुरानो सन्दुकमा बन्द गरेर
थोता हासोको मन्द-मुस्कान फैलाउछिन्।
आफ्ना मनलाई बहलाउछिन ।

गोठ देखि वन जङ्गल सम्म
चुला देखि पधेरी सम्म
भोको पेटमा केही दाना अन्न लिएर
लड्छीन जिवनरुपी युद्ध
सबेर बाट अधेरी सम्म
पारिवारिक सुखबाट बन्चित रहेर
धैर्य र इच्छाशक्तिको उदाहरण भएर
स्यहार सुशारको प्यासी बनेर
हरेक रातका औठनलाई
जीवनसाथी बनाएर
तड्पदै, छट्पटाउदै
आत्तिदै रित्तिदै अनि चुअडिदै
नयाँ बिहानको आशामा
बिसाइ दिन्छिन मझेरिमा
त्यो ओइलिएको शरिरलाई ।।