आऊ बगाउ रगतहरु


समयले पढाएर म सिछित हुने भए 
जिन्दिगिले गराएर मैल कार्य गर्ने भए
सिकाएर सधै-सधै राज्य पुरै चल्ने भए 
आन्दोलन र बन्धले नै राज्य पुरै गल्ने भए 
आज़दिको मधुए आवाज सबैले सुन्ने भए
स्वोतान्त्रता सब्दलाई सबैले बुझ्ने भए  
अहङ्कारमै जलिजली आफुलाई भुल्ने भए 
आऊ मिलाऊ हातहरु स्वोतान्त्रमा डुल्ने भए 


मैलाएर मेरो झन्डा फोहोर मैला हुने भए
मेटाएर रेखाहरु मेरो देशै मेट्ने भए
भुलाएर जनतालाई सर जीवन भुल्ने भए 
मारेर दुइ तीन जनता स्वोतान्त्रता भुल्ने भए
भोकै राखी जनता देश धनि हुने भए 
सुनाएर व्यथाहरु उस्को मन छुने भए 
चोरी ल्यौथे चावी त्यो आजादी खुल्ने भए
आऊ बगाउ रगतहरु आजाद भै फुल्ने भए