यहाँ मान्छेले मान्छेलाई

यहाँ मान्छेले मान्छेलाई लुटीरहेछन्
यहाँ नाताको नाउमा आत्मा धुतीरहेछन्
कोहि हुललाई भुलेर लम्पसार सुतिरहेछन्
पैसालाई आड बनाई दाजुभाई फुटीरहेछन्

एकै छाकमा सिमित भैं कोही बाचीरहेछन्
कोहि ओठ बेची यहाँ हरपल हासीरहेछन्
ऊसंगनै कोही  यहाँ नाता गासीरहेछन्
सभ्य हु म भनेहरु सभ्यता मासीरहेछन्

न्यायको आँखाबाट हरपल अन्याय छुटीरहेछन्
म मान्छे बन्छु भन्नेलाई किन कुटिरहेछन्
रगत पिएर बाच्ने मात्र यहाँ उठिरहेछन्
मान्छे बन्न रक्ति खाई रगतले नै चुठीरहेछन्

न्याय रोप्ने हात मात्र किन भाचीरहेछन्
स्वार्थी शासकको तस्विर मात्र किन छातीमा टासीरहेछन्
मेरी आमा मेरी भुमि मात्र किन भास्सीरहेछन्
कल्पनामा सिमित भैं आमा, तिम्रा छोरा आत्तिरहेछन्!!!