सत्यता

सबैलाई थाहा छ, समय चल्छ, दियो बल्छ, त्यो कपासको धागो जल्छ र तेल सकिन्छ । पलपल जसरी दियोले आफुलाई जलौछ त्यसरी नै प्रत्यक पल प्रत्यक घडी आफुले आफुलाई जलौदै हुन्छौ हामी । मृत्यु नामक एउटा पलले हामीलाई यो संसारबाट विदा माग्न बाध्य बनौछ । त्यो सानो पल बाध्यता हो, परिस्थिति संग सामना गर्नुपर्छ, यहि तितो सत्यको ज्ञान दिलाउने सूचक हो । जसरी नै बगेको खोला, बितेको समय, दियो मुनिको अध्यारो, हामीलाई केहि अवगत गरौछ । त्यसरी नै एउटा मानिसको जीवन अर्थ र व्यर्थको धरातलमा उभिएर एउटा पल बितेको भ्रम जतौछ । समयको अभावले सतौछ, बगेको हावा र पानी जस्तै नफर्कने निधो गर्छ । माया र घृणाको विऊ छरेर पलपल प्रत्यक पल बढ्छ जीवन । जीवनको अर्थ खोज्ने व्यक्ति साच्चै नै पागल बन्न पुग्छ । ऊसंग जीवन आफै आफ्नो अर्थ बक्छ, नसुन्नेलाई हुल र कोलाहलमा लगेर बजार्छ, तिमीले बोल्ने मौका त पउलाउ तर सुन्ने कोहि हुदैनन् । भयो बितेको समयले जीवनको परिभाषा दिन्छ भन्नु नै मुर्खता हो जस्तो लाग्छ । कुरा लाग्नु र नलाग्नुको पनि हैन, यो त हो सत्य र असत्यको । पाइला-पाइलाको कस्ट हो अनि भोगाई पनि । जीवन मिठो सपना हैन र तितो विपना पनि ।