सक्छौ

यी कोमल हातहरुले यो संसार जित्न खोज्छ
यी कोमल दिमागले नीतिगत प्रश्न सोध्छ
न खान्छ, न गल्छ, न किनार लाग्छ
उ हक्छ जीवनरुपी रथ र सोध्छ

सक्छौ, सहयोगको हात फैलाऊ
सक्दैनौ, मैले बनाएको संसार नमैलाउ 

न चैतको घामले, न नै साउनको झरीले रोक्छ
जिम्मेवारीको भारी काधमा हाली उ संसार बोक्छ
न झुक्छ, न रुक्छ, न सुत्छ त्यो मानिस
केवल आग्रह गर्छ उ जीवन जानी

सक्छौ, सहयोगको हात फैलाऊ
सक्दैनौ, मैले बनाएको संसार नमैलाउ 

जित्नेलाई माला, हार्नेलाई ज्याला दिएर बड्छ
यी कोमल पाउले मानवताको शिखर चड्छ
उ चल्छ, उ गर्छ, उ बल्छ अन्धकारमा
जीवन व्यतित गर्छ, जनौछ उसको हारमा

सक्छौ, सहयोगको हात फैलाऊ
सक्दैनौ, मैले बनाएको संसार नमैलाउ