फर्केर जाउँ

केहि  भएर जाउँ, केहि बनेर जाउँ
आमाको आँशु पुछ्न ढिलो भए पनि जाउँ

यहाँ महल बनाउने सपनालाई बेची
चिल्ला गाडी अनि हावा उड्ने
केहि मन पर्ने अनि इर्श्या गर्ने दुश्मनलाई छाडी
देखेका हजारौ सपनासंग मुख मोडी 
विकाशको बिज रोप्न र परिवर्तनको फुल फुलाउन 
रेल-गाडीमा गुडेर जाउँ, हावामा उडेर जाउँ
आफ्नो गाउँ, आफ्नो ठाउँ; सम्झेर जाउँ

सिकेका सिप बटुली, लागेका इख बटुली
भोगेका भोगाईहरुलाई थैलोमा राम्ररी सम्हाली
बेइज्जतीलाई यहाँको अमूल्य उपहार सम्झी
खाएका चोट अनि पाएका हारबाट सिकी
राजनीति-कारणको आफ्नो पहिचानलाई फ्याकी
म नेपाली, तिमी नेपाली अनि हामी नेपाली भनि
रात पर्नु भन्दा पहिले नै जाउँ
आफ्नो माटो, बालापन हिंडेको बाटो; सम्झीएर जाउँ 

यहाँ बसेर देश बिगारे भन्नु भन्दा, सुन्नु भन्दा अरु
पश्चातापमा जलेर मर्नु भन्दा, वर्तमानमा उभिएर बरु
कर्मठ यी हातहरुलाई, एकअर्काको साथहरुलाई
मिलेर विकाशको योजना गर, सबै जिम्मेवारी भन्दा अगि सर
सयौं थुंगा फूलका हामी मिलेर गाउ
हामीलाई हाम्रो पहिचान दिलाउने; भाग्यसंग मिलाउने
प्यारो देश नेपाल मिलेर जाउँ, फर्केर जाउँ

(सम्पूर्ण प्रवाशी नेपालीहरु प्रति समर्पित गर्दै आदि कवि भानुभक्त आचार्यको २०१ जन्मजयन्तीको दिन वाचन गरिएको)