म भइन भने

म रहिन भने, आँखा भरि आँशु, नलिनु तिमी
सम्झिएर पलपल तिमि गह नभरिदिनु
उदाएका घाम संसार भरि-भरि छन्
म त अस्ताइसकेको, तिमी उदाएका घाम चुनिदिनु

म फर्किन भने, गोरेटो र दोबाटोमा नकुरी दिनु तिमी
बटुवाको भिडमा नभेटुला म, फर्कने रहर नबुनिदिनु
म त बगेको खोला, सगर संग मिलिसके
खहरेमा गएर मलाई, कहिले नसुनिदीनु

म नबोले भने; मलाई झस्काउने, फकाउने नगर तिमी
मेरो आवाज अस्ताइ सके, मेरो छेउ गुनगुनाउने नगरिदिनु
म मेरो प्यारो साथी एक्लोपन संग हुनेछु
तिमी आंदी बनि त्यो साथीलाई नभगाईदिनु

म निधाए भने, मलाई मिठो निन्द्रा दिनु तिमी
म सपना देख्दै हुनेछु, बिउताउने कोशिस नगरिदिनु
सोच्नु म लामो निन्द्रामा महल बनाउदै छु
तिमी आफ्नो स्वार्थको लागि, त्यो महल नभत्काइदिनु