नेपाली भएर हेर

तिमी सात समुन्द्र पार गर,
कुशलताले बैभवशाली सिखर चढ़,
ति हजारौ ओत बटुली
लाखौंलाई आश्रय देउ ,
न्याय र शान्तिका लागि
तिमी आफ्नै देह सुम्प,
कम्मरमा खुकुरी भिरी
तिमी यस्तो इतिहाश केर,
त्यही विरका सन्तति हौ भने
एक पटक नेपाली भएर हेर

विकाशका मैदान र पहाडका उकालिहरुमा
ति हिमालका कहाली लाग्दो भीरहरु मा
तिमी हिड्ने गोरेटो र दोबाटोमा
कहिले नथाक्ने प्रतिज्ञा  संगै
समपरणका मालाहरु भिरेर
घर-परिवारबाट यति टाडा
पसिना र हातका ठेलाहरुलाई साथी बनाई
एकपटक नेपाली परिवेशमा शास फेर
तिम्रो सरिमा त्यहि रगत बग्दै छ भने
एक पटक नेपाली भएर हेर