काँहा जाउ ?


मेरो अफ्नै घर भएर पनि
जाउ म कहाँ जाउ ।
म आफ्नै रहर बेची
कुन मुलुकको शहर जाउ ।
म अँखा देख्ने अन्धो मान्छे 
कुन बाटो रोजी जाउ ।
म हिड्ने मैले देख्ने बाटाहरु
प्रतिबिम्बित गराएर कहाँ जाउ ।
असंख्य पाइला चाल्ने प्रहरहरु
कस्लाइ सुम्पेर जाउ ।
म जाउ त कहाँ जाउ ।।