दिदि-बहिनि

सानो छँदा कहिले काहिँ दिदि-बहिनि संग गरेका झगडा याद आउछ । ति झगडा मेरो मस्तिस्क र मनमा दिदि-बहिनि प्रतिको मायालाई थप जागृत गराउछ । एक अर्कालाई बोलेका बचन पनि अमृत बन्छन । आज आएर लागेको छ कि त्यो समय हामी विचक माया झगडा बाटै आदान-प्रदान हुने गर्थे भनेर । आज दिदि-बहिनि टाडा छन् , फोन या च्याटमा दुई वचन बोल्दा पनि आफु संग राम्रो साथी नभएको कुनै दुख महशुस हुदैन । बालापनमा आफु मात्र जन्मेको भए हुन्थ्यो जस्तो लाग्थ्यो तर आज उनीहरु नजन्मेको भए जीवन अर्थपूर्ण नहुने लाग्छ । म भाई र दाई हुन नपाउने थिए । आज हामी बीचका मायाको गहिराई ठुलो छ अनि भौतिक शरीर को दुरी पनि कम छैन । जे होस् पहिलेको जस्तै एक्लै लुकाएर खान आज मज्जा आउदैन । अरु कुनै स्त्रीलाई यसरी जिस्काउन मज्जा लाग्दैन । मेरो संसार पूर्ण बनौन ठुलो योगदान दिने मेरा दिदि-बहिनि लाई धन्यबाद !