बा, हामी र हाम्रो देश

अचेल मलाई पत्रिका पढ्ने मन गर्दैन
यत्र तत्र सबै ठाउँमा समाचार
म भाग्न चाहान्छु अखबारबाट टाडा
हेडलाईनस ले मन छिया - छिया पारेको छ
अचेल जनता र जवान उत्तिकै शंख्यामा मर्दै छन्
बिधुवा र टुहुरा हरुको शंख्या बढ्दै छ
कसलाई सुनाऊ ?
मेरो देश मा आगो सल्किएको छ
दुश्मन फाइदा उठाउन पल्किएको छ

बा, तर तिमी आँखा चिम्ल
सोच केहि भएको छैन
ति मर्ने तिम्रा सन्तान हैनन्
बरु बा,
तिमी महँगो पलंग मा लामपसार पर
भाषण दिन कहिले पिंडीमा झर
बा हामी सबै मिलेर जनताको तन्त्र ल्यायौं
हामी गरिब को गरिव,
तर तिमीले धनी हुने मन्त्र पायौ

भूकम्पमा धरहरा ढल्यो
तर तिम्रो खाईमारा गर्धन उठ्यो
तिम्रो घरमा ग्यास अनि बिजुलीको बत्ति बल्यो
गरिवका चिताहरु ति संगै जल्यो
तिमी ब्यापारी भयौ बा
तिमी धेरै माथि गयौ बा


तिमीले तिम्रा साथीहरु संग मदिरा सेवन गर्दा
हाम्रा बलिदानका सोडा मिसायौ
अनि रक्सी संगै हाम्रा रहरका सितन खायौ
हामी सबै मिलेर राजा धपायौ
तर बा , तिमीहरु सबै राजा भयौ

बा, सुनेको छु,
अलिकति ऋण लागेको छ रे
महाकाली बिक्यो,
सुस्ता र लिपू पनि बिक्छ रे
लिपुमा झन्डा गाड्न जाने
ति मुर्खहरु लाई के थाहा र
काग कराउदै गर्छ, पिनाश सुक्दै जान्छ


बा तिमी कति महान
लेख्दै छौ संबिधान हाम्रा लागि
ती अबुझ हरु भन्छन
ल्यायौ रे कतै बाट मागी
तै बा तिमीले,
जल-बिधुत परियोजना चाडै रोक्यौ
नत्र मोमबत्ती बनाउने कारखाना कहाँ चल्थे र
हरेक विद्द्यार्थी को कोठामा
कहाँ टुकी र लाल्टिन बल्थे र

बा तिमी कति मेहनती
हामीलाई मेहनत गर्न सिकौछौ
युवालाई खाडी देशहरु मा
अनि युवती लाई रेड लाईट एरिया मा बिकाउछौ
हाम्रा चेलीहरुको अस्मिता
विदेशमा लुटिएको छ
दाजुभाई हरुलाई ग्याङ्ग लगाएर कुटिएको छ

बा भन्दिए उनीहरु लाई ,
मोही पार्न मदानी घुमाउनु पर्छ
केहि पाउन केहि गुमाउनु पर्छ