खै कहाँ छ मेरो देश ?

खै कहाँ छ मेरो देश ?
रुदै छ या हास्दै छ ?
या झोक्राएर कुनामा छ ?
या फुर्किएर नाच्दै छ ?
छ मेरो देश कहिँ कतै ।
तर कहाँ छ ?

जालहरुमा फस्दै !
या उनमुक्तिका लागि कम्मर कस्दै ?
या प्रचण्ड घाम सहदै,
या बर्षात र हिमपातमा फस्दै ?
यो सानु मुटुमा ,
मेरो बिशाल देश ।
म भित्र-बाहिर गर्छ ।
तर आज कहाँ छ मेरो देश ?

गीत भएर गाइदिए ।
शीत बनेर सजिदिए ।
कहिले मेरो देश टोलाउछ ।
कहिले बोलाउछ ।
म खोज्छु पहाड-कन्धरामा ।
र तराईका घर-घरमा ।
हिजो सम्म मेरो वरिपरि !
तर आज कहाँ छ मेरो देश ?