त्यो घर

घरका हरेक सुन्य कोठाहरु
ती भित्र राखिएका सामानहरुले
तिनलाई चलाइदिने
हासो र बोलाइका गुन्जन फैलाइदिने
आश मै बसेको छ कति साल देखि
सम्झनाले कति सिरानी भिजाइदिन्छ्न
जाउ फर्केर त्यो घर
तर अचेल, घरका भित्ताजरुले
गिजाइ रहन्छन् जिस्काइ रहन्छन् !

शोकेस र दराज पनि
आफ्ना प्रयोगकर्ताको खोजीमा छन् 
तर ती सुन्यतामा भिड खोज्दै थिए
अनयासै असम्भव जीवन रोज्दै थिए 
तर कहिलेकाहीँ म झुक्किएर
त्यो घर पुग्थे र कोठामा पस्थे
आग्रह र ब्याग्रताका जञ्जालमा फस्थे 
मेरो मनले त्यहा वार-वार फर्कन
रिजाइ रहन्छ
तर अचेल, घरका भित्ताजरुले
गिजाइ रहन्छन् जिस्काइ रहन्छन् !

चुहिएको धुरीबाट
तल भुइँमा बनेका डामहरु
मेटिदिएछ्न बालापनमा लेखेका
भित्ताका नामहरु
घरका छिडी, मटान र वारदली पनि
मलाई फर्काउन रिजाइ रहन्छन् 
तर अचेल, घरका भित्ताजरुले
गिजाइ रहन्छन् जिस्काइ रहन्छन् !

मेरो आफ्नै बाध्यता
घरको आफ्नै बालहठ जिद
अचेल हाम्रो सम्बन्ध
मित्रता बिनाको मीत
पात बिनाको शीत
मेरो एक मन घरसंग सामना गर भन्छ
अर्को भाग्न सिकाइ रहन्छ
फर्केर जाउ त्यो घरमा फेरि
तर अचेल, घरका भित्ताजरुले
गिजाइ रहन्छन् जिस्काइ रहन्छन् !