Showing posts with label भावना. Show all posts
Showing posts with label भावना. Show all posts

मेरी आमा

घरका आगनमा,
रहर भित्राउने सपना बोकि
मेरि आमा प्रहर तोडि
मनका बिस्कुन लगाउछिन् ।
ती कम्पन भोगी हातहरु
संसारलाई आफ्नो मुठ्ठीमा पार्न
नहड्बडाई नडराई
शाहसी कदमलाई अगि सार्छिन ।
लाग्छन् पछि धेरै
चाहन्छन् डगमगाउन पाइलाहरु
सारा संसारको कोलाहललाई पछि छोडी
उनी अविरल बगिरहन्छिन
अझै अघि घिस्रि रहन्छिन ।

चैतका तिखा घामहरुलाई  चुनौती दिदै
श्रावणका बर्षा संग जुध्दै
खिइएका हाडहरुलाइ बतासले दुखाउदै
मेरी आमा हरेक रितुसंग सामना गर्छिन
के तिनी थाक्दिनन् होलिन्
मोटा डस्नामा ती थकित शरिरलाई
बिसाउन चाहन्नन होलिन्
तर उनको इच्छाको कसलाई पिर
कसलाई चिन्ता न कसैको शिर
आहात र मुर्छित सम्झनालाई
पुरानो सन्दुकमा बन्द गरेर
थोता हासोको मन्द-मुस्कान फैलाउछिन्।
आफ्ना मनलाई बहलाउछिन ।

गोठ देखि वन जङ्गल सम्म
चुला देखि पधेरी सम्म
भोको पेटमा केही दाना अन्न लिएर
लड्छीन जिवनरुपी युद्ध
सबेर बाट अधेरी सम्म
पारिवारिक सुखबाट बन्चित रहेर
धैर्य र इच्छाशक्तिको उदाहरण भएर
स्यहार सुशारको प्यासी बनेर
हरेक रातका औठनलाई
जीवनसाथी बनाएर
तड्पदै, छट्पटाउदै
आत्तिदै रित्तिदै अनि चुअडिदै
नयाँ बिहानको आशामा
बिसाइ दिन्छिन मझेरिमा
त्यो ओइलिएको शरिरलाई ।।

दिदि-बहिनि

सानो छँदा कहिले काहिँ दिदि-बहिनि संग गरेका झगडा याद आउछ । ति झगडा मेरो मस्तिस्क र मनमा दिदि-बहिनि प्रतिको मायालाई थप जागृत गराउछ । एक अर्कालाई बोलेका बचन पनि अमृत बन्छन । आज आएर लागेको छ कि त्यो समय हामी विचक माया झगडा बाटै आदान-प्रदान हुने गर्थे भनेर । आज दिदि-बहिनि टाडा छन् , फोन या च्याटमा दुई वचन बोल्दा पनि आफु संग राम्रो साथी नभएको कुनै दुख महशुस हुदैन । बालापनमा आफु मात्र जन्मेको भए हुन्थ्यो जस्तो लाग्थ्यो तर आज उनीहरु नजन्मेको भए जीवन अर्थपूर्ण नहुने लाग्छ । म भाई र दाई हुन नपाउने थिए । आज हामी बीचका मायाको गहिराई ठुलो छ अनि भौतिक शरीर को दुरी पनि कम छैन । जे होस् पहिलेको जस्तै एक्लै लुकाएर खान आज मज्जा आउदैन । अरु कुनै स्त्रीलाई यसरी जिस्काउन मज्जा लाग्दैन । मेरो संसार पूर्ण बनौन ठुलो योगदान दिने मेरा दिदि-बहिनि लाई धन्यबाद !

आमा


मेरो हरेक खुसीमा या
मेरो हरेक दु:ख मा
चोटको यो संसारमा
काहाली लाग्दो आधीमा
मेरी प्यारी आमाको
हुर्के न्यानो काखमा ।