Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

मेरो शहर

कहिले थकाई दिन्छ,
कहिले मायाले फकाई दिन्छ ।
तिमीलाई सबै भुलेर रम्नु छ यहा,
खुशीमा झुम्नु छ यहा ।
किनकि यो शहर हो मित्र शहर !
कहिले कहिँ मन खुशी हुन्छ ।
त्यति बेला यो शहर पनि सुखी हुन्छ ।
गाडीका चर्का हर्न पनि मिठो संगीतमा परिवर्तित हुन्छ ।
भिड बस भित्र चर्का वादविवादमा,
तिमीलाई पनि सामिल हुने मन गर्छ ।
दिन छिपिदै जान्छ अनि रात ढल्दै जान्छ ।
प्रदुसित हावाले केश हल्लाइदिदा पनि,
तिमीलाई यो शहरमा स्वोर्गको बास लाग्छ ।
यहाँको भोक,
यत्रतत्र फैलिएको शोक ।
बाहिर निस्किदै गरेको बिजोगमा,
तिमीले यो शहरलाई
यति सन्तुलित पाउछौ,
यति सुखमा डुबेको पाउछौ ।
यहाँ आकाशलाई आफ्नो घरको छानो सम्झने धेरै छन् ।
यहाँ एक मनोमा जीवन बिताउने धेरै छन् ।
यहाँ त दुख भित्र पनि सुख छ ।
आशु भित्र पनि हासो छ ।
जहाँ तिमी गंगाको पानी पिउन पाउछौ ।
शहरहरु माझ यो शहर सबै भन्दा जिउदो पाउछौ ।
के तिमीले भुल्न सकौलार यी गाली र चोकहरुलाई ?
यहाँको दोबाटो र फुटपाथहरुलाई ?
तिमीले जीवनको केहि अंश बाचेको,
कसैसँग कहिले अंगालोमा बाधिएर हासेको ।
यो सहर हिजो जस्तै थियो आज पनि त्यस्तै छ ।
मैलाएर आफुलाई फगत तिम्रैलागि हास्दै छ ।
सकी नसकी बोझ उठाउदै आज पनि बाच्दै छ ।
तर एकपटक खुशी भएर हेर ।
यो शहरको धड्कनमा रहेर हेर ।
बिहानी-पख बेसुरे काँ-काँ कराई,
तिम्रो निन्द्रा तोडीदिने कागको आवाज पनि मधुर लाग्छ ।
धर्मको संगम हो यो,
नास्तिकका मनमा पनि आस्था जाग्छ ।
निस्वार्थ छ, न केहि चाहन्छ न केहि माग्छ ।
सारा दिन मुस्कुराई रहन्छ, सारा रात जाग्छ ।
मलाई यो शहर अपूर्णतामै स्वोर्ग लाग्छ ।
मलाई यो शहर मेरो आफ्नै लाग्छ ।

संघीयता

सरल अर्थमा, संघीयता भनेको थुप्रै राज्य सयुक्त संविधानलाई पालना गरि एकै भु-राष्ट्रीय तथा राजनीतिक परिचयलाई आत्मसाथ गर्दै र संबिधानले दिएको शक्तिलाई उपभोग गर्नु भन्ने बुझिन्छ ।

संघियताको उत्पति प्राचिन समय बाटै भए पनि आधुनिक संघियताको जन्मदाताको श्रय संयुक्त राष्ट्र अमेरिका लाई जान्छ । सन् १७८९ मा ब्रिटिश साम्राज्यबाट उत्तर अमेरिकी मुलुकहरुले स्वतन्त्रता प्राप्त गरे । सबै जस्तो राज्य मिलि एक बिशाल संयुक्त रास्ट्रको स्थापना भयो । जसमा बलियो केन्द्रिय सरकार तथा राज्यहरुलाई केहि शक्ति प्रदान भयो । केन्द्र र राज्य सरकार बीच शक्तिको बाडफाड र बिकेन्द्रिकरण भयो । बिस्तारै संघियता संसार भर मौलौदै गयो । त्यसैको फलस्वरूप परिवर्तन र संसोधनको बिचमा गुज्रिएर संघियता आज हामी माझ उभिएको छ ।

संघियताको जरो त्यस रास्ट्रको संविधानले निर्धारित गर्छ । केन्द्र र राज्य बिचको शक्ति र अधिकारलाई सोहि संविधानले बाडफाड गरेको हुन्छ । केन्द्र, राज्य तथा केन्द्र र राज्यहरु को साझा सुची तथा अनुसूचीमा अधिकार सुनिस्चित गरिएको हुन्छ । राज्यहरु मिलेर संघ बन्छ र त्यस संघलाई चलाउने सरकारलाई केन्द्रिय सरकार भनिन्छ ।

राज्यहरुको पनि आफ्नै सरकार हुन्छ जसले राज्यहरुलाई चलाउछन । रास्ट्रपति शाषण भएका रास्ट्रहरुमा केन्द्रिय सरकारको प्रमुख भूमिका राष्ट्रपतिबाट निर्वाह हुन्छ भने अन्य मुलुकहरुमा प्रधानमन्त्री अथवा मन्त्रिपरिसधको अधक्षबाट हुने गर्दछ । राज्य अथवा प्रदेश सरकारको नेत्रित्व भने राज्यपाल (गभंनर) अथवा मुख्यमन्त्रीबाट हुदै आएको छ ।

न्यायालयको स्वोतान्त्रता संघियताको एक विशेषता हो । हरेक राज्यहरुका जिल्लाहरुमा जिल्ला अदालतको व्यवस्था हुन्छ र सबै जिल्ला अदालत राज्यको उच्च न्यायालयको मातहतमा कार्य गर्दछन । उच्च न्यायालय नै राज्यको सबै भन्दा ठुलो न्यायालय मानिन्छ । जिल्ला अदालतबाट न्याय नभएको महसुश भए सोहि प्रदेशको उच्च न्यायलयको ढोका ढकढकाउन सकिने प्राबधान रहेको हुन्छ ।

सर्वोच्च अदालत राष्ट्र कै सबै भन्दा ठुलो र शक्तिशाली न्यायालयको भूमिका निर्वाह गर्छ । राज्यहरुको बीच होस् या केन्द्र र राज्यबीचको मामिला होस्, सर्वोच्च अदालत कै ढोका ढक्ढकाइने गरिन्छ । जिल्ला अदालत हुदै उच्च न्यायालय पुगेका मामिलाहरू पनि सर्वोच्च अदालतसम्म न्यायको निमित्त पुग्न सक्ने प्रावधान रहेको हुन्छ ।

संघियतामा स्वतन्त्र निर्वाचन आयोग पनि महत्वपुर्ण भूमिकाको निर्वाह गर्दछ । निर्वाचनक्षेत्रको लेखाजोखा निर्वाचन आयोगले नै गर्दछ । निर्वाचन क्षेत्रको आधार सबै जस्तो लोकतान्त्रिक मुलुकहरुमा जनसंख्याको आधारमा हुने गर्दछ । निर्वाचन आयोगको गठन तथा कार्यप्रणाली संविधानले निर्धारित गरेको हुन्छ ।

राज्य अथवा प्रदेश सरकार गठंकालागी राज्यको चुनाव हुने गर्छ । बहुमत ल्याउने दलको अथवा गठबन्धनको नेतृत्व गर्ने व्यक्तिबाट सरकार प्रमुखको भूमिका निर्वाह हुने गर्दछ । राज्यको विधानसभाले संविधानको मातहतमा रहेर राज्यको कानुन पनि बनौन सक्छ । राज्यको विधानसभाको उमेर संविधानले तोकेको हुन्छ ।

निर्वाचन आयोगले राष्ट्रीय संसदको पनि निर्वाचन गराउने गर्दछ । सोही चुनावबाट चुनिएर आउने व्याक्तिहरुलाई सांसद भनिने गर्छ र बहुमत ल्याउने राजनीतिक दल अथवा बहुमत भएको गठबन्धनको नेतृत्व गर्ने ब्यक्तिबाट केन्द्रिय सरकारको नेतृत्व हुने गर्छ । राष्ट्रीय संसदको उमेर र केन्द्रिय सरकारको उमेर एउटै हुने गर्दछ जो संविधानबाटै निर्धारित हुन्छ ।

संघीयताका फाइदा तथा बेफाइदा दुबै छन् । संघीयता बिशाल रास्ट्रलाई फाप्ने गरेको छ । जुन रास्ट्र क्षेत्रफल मात्रै नभएर भाषिक, जातीय, बर्गिय तथा धार्मिक विविधताले धनी छ त्यस्ता रास्ट्रलाई संघीयताले बाधेर राखेको विभिन्न अनुसन्धानले देखाएको छ ।
साथै संघीयतामा केन्द्र सरकारको कार्यहरुको बोझ पनि विभाजित भएको हुन्छ । स्थानीय तहका माग तथा कार्यहरूको लेखाजोखा संघीयतामा सम्भव हुन्छ । युवा तथा नयाँ पुस्ता पनि राज्यको कार्यप्रणालीको अध्यन तथा सरिक हुन सक्छन ।

संघीयताको बेफाइदा नियाल्ने हो भने साना क्षेत्रफल भएका तथा स्रोतसाधनले गरिव भएका रास्ट्रहरुलाई अभिशाप सबित हुनसक्छ । राज्य/प्रदेशका मन्त्रीमण्डल, कर्मचारी र विभिन्न आयोग तथा केन्द्रका मन्त्रीमण्डल, कर्मचारी, आयोगका प्रतिनिधि, कूटनीतिज्ञ तथा अन्य कार्यहरूको लेखाजोखा गर्ने हो भने संघीयता निकै महँगो सावित हुन सक्छ ।
त्यसैले पनि कम्जोर अर्थतन्त्र भएको रास्ट्रले संघीयताको गाडी गुडाउन खोज्नु मुर्खतापुर्ण कार्य हुन सक्छ । राज्यहरूका चुनावका लेखाजोखा भए त्यसका खर्च तथा साधनहरु विकासशील देशहरुमा भौतिक संरचना बनाउन काममा लाग्ने देखा परेको छ ।

के नेपालले संघीयता धान्न सक्ला ? के नेपालसंग संघीयता धान्ने प्राकृतिक स्रोतसाधन तथा मानवीय संसाधन छ होला ? के हाम्रो रास्ट्रका नेतृत्व तहबाट संघीयतामाथी गहन बिश्लेशन भएको होला ? नेपाली जनताको या नेतृत्व तहको चाहाना हो संघीयता ? संघीयताका बिगुल फुक्नेहरुलाई संघीयताको सहि अर्थ थाहा होला ?

सत्यता

सबैलाई थाहा छ, समय चल्छ, दियो बल्छ, त्यो कपासको धागो जल्छ र तेल सकिन्छ । पलपल जसरी दियोले आफुलाई जलौछ त्यसरी नै प्रत्यक पल प्रत्यक घडी आफुले आफुलाई जलौदै हुन्छौ हामी । मृत्यु नामक एउटा पलले हामीलाई यो संसारबाट विदा माग्न बाध्य बनौछ । त्यो सानो पल बाध्यता हो, परिस्थिति संग सामना गर्नुपर्छ, यहि तितो सत्यको ज्ञान दिलाउने सूचक हो । जसरी नै बगेको खोला, बितेको समय, दियो मुनिको अध्यारो, हामीलाई केहि अवगत गरौछ । त्यसरी नै एउटा मानिसको जीवन अर्थ र व्यर्थको धरातलमा उभिएर एउटा पल बितेको भ्रम जतौछ । समयको अभावले सतौछ, बगेको हावा र पानी जस्तै नफर्कने निधो गर्छ । माया र घृणाको विऊ छरेर पलपल प्रत्यक पल बढ्छ जीवन । जीवनको अर्थ खोज्ने व्यक्ति साच्चै नै पागल बन्न पुग्छ । ऊसंग जीवन आफै आफ्नो अर्थ बक्छ, नसुन्नेलाई हुल र कोलाहलमा लगेर बजार्छ, तिमीले बोल्ने मौका त पउलाउ तर सुन्ने कोहि हुदैनन् । भयो बितेको समयले जीवनको परिभाषा दिन्छ भन्नु नै मुर्खता हो जस्तो लाग्छ । कुरा लाग्नु र नलाग्नुको पनि हैन, यो त हो सत्य र असत्यको । पाइला-पाइलाको कस्ट हो अनि भोगाई पनि । जीवन मिठो सपना हैन र तितो विपना पनि ।