जीवनमा

बल्लतल्ल जीवनमा एकदुई गिलास पिउन सिके
त्यही भएर आज म खुलेर जिउन सिके
बर्षाको पानी जस्तै पैसा खर्च गर्न सिके
कमि र खाचोले नै अफ्नो खल्ती भर्न सिके


बल्लतल्ल जीवनमा विरहमा झुम्न सिके 
आशु झारी ताल बनाई त्यही तालमा डुब्न सिके
साथी-संगी नातागोता घाउ सम्झी छोड्न सिके
सम्बन्धलाई तोडेर हारहरु गोड्न सिके


आशाको दियो जलाई निराशामा पार्न सिके
अतितलाई गल्ति सम्झी आशुहरु झार्न सिके
एकदुई गिलास पिई यादलाई मार्न सिके
नशामा मात्तीदै गोडाहरु सार्न सिके


धुवामा उड्दा-उड्दै उनलाई पनि भुल्न सिके
आशुको त्यो सागरमा तैरिएर डुल्न सिके
अपरीचित अनुहारमा मेरो हीरा खोज्न सिके
एक्लोपन अन्धकारमा नशालाई रोज्न सिके