म मैलीएर

मेरो बाशुरीको धुनले तिम्रो मन छुने भए
म सारंगीमा रेटिदा तिम्रो मन  खुल्ने भए
मनमा सारा काडा बिझाई तिमि गुलाफ झैँ फुल्ने भए
म मैलिएर तिम्रो संसार सफा हुने भए


तिमीलाई हसाएर म सधै रुने भए
मेरो सानो  तलाऊले समुन्द्र तिम्रो भर्ने भए
फलाईफुलाई तिमीलाई म  ओलियेर झर्ने भए
म मैलिएर, तिम्रो संसार सफा हुने भए