धेरै भए

जिन्दगीले पढाएका पानाहरु धेरै भए ।
जिन्दगीले तानेका तानाहरु धेरै भए ।
जिन्दगीले गराएका कामहरु धेरै भए  
जिन्दगीले नासेका जमानामहरु धेरै भए ।

भाग्यले भगाएका भेलहरु धेरै भए ।
नियतीले निम्ताइएका नेलहरु धेरै भए ।
नशाले नागेका नालाहरु धेरै भए ।
चिन्ताले चिताइएका चालाहरू धेरै भए ।।

समयले समातेका शर्तहरु धेरै भए ।
मायाले मुसिएका मर्दहरु धेरै भए ।
छाताले छोपिएका छायाहरू धेरै भए ।
कर्मले कोरिएका कायाहरु धेरै भए ।

विजोगले  बेरिएका बाजाहरु धेरै भए ।
आँधीले ओसारिएका आधाहरु धेरै भए ।
गल्तीले गोदीएका गधाहरु धेरै भए ।
दाजुभाईका दोशहरुका दादाहरु धेरै भए ।।

काईयोले कोरिएका केशहरु धेरै भए ।
दमनले दभिएका देशहरु धेरै भए ।
जिन्दगीले जोतिएका जमानाहरु धेरै भए ।
जिन्दगीले पढाएका  पानाहरु धेरै भए ।।