सोच्दा सोच्दै

ओठको चाहना जस्तै
मिठो खाने सपना जस्तै
आज त केहि मिठो खाना बनाउने मेरो आग्रह
आमाबाट अस्विकार भैदिदा
म बाहिर निस्के, त्यो खानाबाट बच्न
ति सडकका छेउमा भोका व्यक्तिलाई देख्दा
म खुसि भए,
मेरो पेट त भोको छैन भनेर सोच्दा

त्यो हजुरबुबाको पालाको खाट
राम्रो देखियनी किराले खाएको काठ
अब त राम्रो पलंग किनिदिनु भन्ने मेरो आग्रह
ठाडै बुबाबाट अस्वीकृत भैदिदा
घुर्की लागौन  घरबाट निस्किएको हु म
ति सडकका छेउमा बिना बिछौना सुतेको देख्दा
म लाजले मरे
मेरो बुबाआमाले एती त पुराएका रहेछन भनेर सोच्दा

नयाँ लुगा लगाउने सपना
पैसाको खाचो भएको विपना
दशैं आयो नयां किनिदिनु भन्ने मेरो आग्रह
पूरै परिवारबाट अस्वीकृत भैदीदा
फेरी ति सडकमा आफ्नो उत्तर खोज्न निस्किदा
कोहि नांगा, लोहि झुत्रे कपडाले शरीर बेरिएको देख्दा
आफुलाई भाग्यमानी सम्झे
म आफु ले आफैलाई सफा सुकिला कपडामा पाउदा