उमङ्गका भेलहरु

उमङ्गका भेलहरुले चाहनालाई खिच्दो रैछ
अतितका गल्तीलाई सम्झिदा मनलाई बिझ्दो रैछ
असन्ख्य पाइला चाल्दा रहर मात्र थाक्दो रैछ
फल खाने आशामा बस्दा समय मात्र पाक्दो रैछ

उफ्रिएका जोश बटुल्दा थकाईले थिच्दो रैछ
अरुका दुख सामु आफ्नै पिरले जित्दो रैछ
कुसाशानको कुलमा छिर्दा कालले किच्दो रैछ
आफ्नो नसम्झे आफुलाई आफ्नै अंगले मिच्दो रैछ

सयौं जुनी बाच्ने किन, एउटै ढिलो बित्दो रैछ
भुलले प्रवेश गर, तिमिले नै जित्दो रैछौ
आफ्नो सम्झे पराईलाई, आफ्नोपनले थिच्दो रैछ
उमङ्गका भेलहरुले चाहनालाई खिच्दो रैछ