धेरै र थोरै

देश छोड्ने धेरै भए, बिकाश गोड्ने थोरै
हाम्रो भन्ने केहि भए, सबै भन्ने मेरै

बनाएको मैले रे! बिगार्ने काम तेरो
राजा बन्ने धेरै भए, जनता बन्ने थोरै

चाहन्थ्यो ऊ  बोल्नलाई, दबाई दियो स्वरै
मुख खोल्ने धेरै भए, गर्न सक्ने थोरै